विराटचोकः अंकित मूल्यमा नै आजदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९५ हजार ७७३ कित्ता शेयर थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गरेको छ ।
सो लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको हो । सो शेयरका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिनेछ ।
सो लघुवित्तको एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।
बिक्री प्रबन्धकका अनुसार लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ ।







