विराटचोकः नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।
शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।







