Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचा र इटहरीका २ जना बालक धरानबाट बेपत्ता

सुन्दरहरैंचा र इटहरीका २ जना बालक धरानबाट बेपत्ता

दुलारीः मोरङको सुन्दरहरैंचा–४ का १३ वर्षीय आयुष ढकाल सुनसरीको इटहरी–२ तालतलैया घर भएका ११ वर्षीय सुजन भट्टराई धरानबाट बेपत्ता भएका छन् ।

पिण्डेश्वरी मावि धरानमा अध्ययनरत उनीहरु बेपत्ता हुनुपर्ने कारण केही पनि पत्ता नलागेको आफन्तले बताएका छन् । आयुषका दाजु आशिष ढकालका अनुसार हिजो दिउँसो १ बजे लुगा धुन भनेर दुवै जना निस्किएका थिए । त्यसपछि उनीहरु सम्पर्कविहीन भएका हुन् । प्रहरीलाई उनीहरु हराएको जानकारी दिएर खोजी कार्यमा लागिएको ढकालले फोन सम्पर्कमा बताउनुभयो ।

उनीहरुलाई देख्ने वा भेट्ने व्यक्तिले नजिकको प्रहरी चौकीमा खबर गर्न वा फोन नम्बर ९८१९०४८०९६, ९८१०४४६१०१, ९८०४३६०३१९ मा सम्पर्क गरी जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments