Friday, December 5, 2025
Homeखेलकुदभोलिदेखि कोशी खेलकुद महोत्सव

भोलिदेखि कोशी खेलकुद महोत्सव

विराटनगरः भोलिदेखि प्रथम कोशी खेलकुद महोत्सव – २०८१ हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ ।

सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्डको २६ औं बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा रहेको विभिन्न खेलका प्रतियोगिताहरु सम्मलित महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने महोत्सवमा १ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको बोर्डले जनाएको छ ।

सम्मेलनमा सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले अनुसार नियमित खेलकुद प्रतियोगिताले खेलाडीको जीवन निर्वाहमा समेत महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलाडीले खेलेरै जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सरकारले प्रतियोगिता गरिरहने बताउनुभयो ।

सो महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो, पुरुष सफ्टटेनिस, डोरीतान लगायतका प्रतियोगिता हुनेछन् ।

विराटनगरस्थित शहीद रंगशालामा फागुन १३ गते कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले उद्घाटन गर्ने महोत्सवको समापन फागुन १८ गते सोही स्थानमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुहुने भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments