विराटचोकः आगामी वर्ष २०२४ को जेसीज अध्यक्षमा उत्सव थापा चयन भएका छन् । इन्द्रपुर जेसीजको २२ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै, कार्यकारी उपाध्यक्षमा समीर बस्नेत र रमेश खतिवडा, तथा उपाध्यक्षहरुमा निरू बजगाई, रामप्रसाद ढकाल, अल्का सुवेदी र गोपाल दाहाल चयन भएका छन् । प्रवास दाहाल सचिव र दिवस रिजाल कोषाध्यक्ष चयन भएका छन् ।