Tuesday, December 24, 2024
Homeअर्थशेयरलकिङ पिरियड सकिनु ३० दिन अगाडि नै लगानीकर्तालाई जानकारी दिनुपर्ने

लकिङ पिरियड सकिनु ३० दिन अगाडि नै लगानीकर्तालाई जानकारी दिनुपर्ने

विराटचोकः नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीलाई संस्थापक शेयरको लकइन पिरियड खुलेको जानकारी सार्वजनिक गर्न निर्देशन दिएको छ । बैंक र बीमाबाहेक नेप्सेमा सूचीकृत कम्पनीको संस्थापक शेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री गर्न नपाइने प्रावधान छ ।

बोर्डले नेपाल स्टक एक्सचेन्ज, सिडिीएस एन्ड क्लियरिङ र सम्पूर्ण सूचीकृत संस्थाहरुलाई निर्देशन दिँदै लक इन पिरियड सकिनु ३० दिन अगाडि नै लगानीकर्तालाई सो को जानकारी दिन निर्देशन दिएको हो ।

बोर्डले सार्वजनिक रुपमा जानकारी गराउँदा लकइनमा रहेको शेयर संस्थापक हो कि स्थानीय प्रभावित हो, लक इनमा रहेको शेयर संख्या र लक इन अवधि समाप्त हुने मिति समेत स्पष्ट रुपमा खुलाई सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने जनाएको छ । सो सूचना एक हप्तासम्म सबैले सहजै देख्न सक्ने गरी संम्बन्धित संस्थाले आफ्नो वेवसाइटमा समेत राख्नुपर्ने बोर्डको निर्देशनमा उल्लेख छ ।

सुचीकृत कम्पनीले पठाएको लकिङ अवधिसम्बन्धी सूचना नेपाल स्टक एक्सचेन्ज र सिडिएसले पनि आफ्नो वेव साइटमा कम्तीमा १ हप्ता राख्न बोर्डले निर्देशन दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments