विराटचाेकः माघ १९ गतेदेखि सुन्दरहरैँचामा जारी चाैथाे अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक विराट भेट्रान बि. प्रवेश गरेको छ ।
हिजाे भएको खेलमा जि.जे युनाइटेट भेट्रन घुम दार्जिलिङ भारतलाई १–० को गोल अन्तरले पराजित गर्दै आयाेजकले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो । खेलको मेन अफ द म्याच इन्द्र राई घोषित भएका छन् ।
आज दुई सेमिफाइनल हुँदै छन् । पहिलो सेमिफाइनलमा आयोजक विराट भेट्रान ए र दुधे भेट्रान झापाबीच तथा दोस्रो सेमिफाइनल आयोजक विराट भेट्रान बी र पूर्वेली भेट्रान बिर्तामोड झापा बिच हुनेछ।







