Friday, December 5, 2025
Homeअर्थकेराबारी व्यापार प्रबन्ध समितिको अध्यक्षमा किशन शाही सर्वसम्मत

केराबारी व्यापार प्रबन्ध समितिको अध्यक्षमा किशन शाही सर्वसम्मत

केराबारीः केराबारी व्यापार प्रबन्ध समितिको अध्यक्षमा किशन शाही सर्वसम्मत चयन हुनुभएको छ । उहाँ यसअघि पनि सो समितिको अध्यक्ष पदमा नै हुनुहुन्थ्यो । समितिले सो नाम परिवर्तन गरेर केराबारी उद्योग वाणिज्य संघ राख्ने पनि निर्णय गरेको छ ।

आठौं साधारण सभाबाट दोस्रो ३ वर्षे कार्यकालका लागि निर्वाचित उहाँले सो संघमा १ कार्यकाल सचिव, २ कार्यकाल महासचिव र १ कार्यकाल अध्यक्ष पदमा रहेर नेतृत्व सम्हालिसक्नुभएको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा मनुका थापा, महासचिवमा अम्बिका भण्डारी, सचिवमा रमेश अधिकारी र कोषाध्यक्षमा सपना श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा उपेन्द्रबहादुर बस्नेत, गोमा कट्वाल, मतिकुमारी तामाङ, डेभिड बराइली, उत्तमकुमार घिसिङ सर्वसम्मत चयन हुनुभएको छ । १५ सदस्यीय सो समितिको बाँकी ४ जना सदस्यहरु भने कार्यसमितिबाट मनोनित गरिने भएको छ ।

नवगठित समितिलाई निर्वाचन आयोगका संयोजक टेकबहादुर थपलियाले शपथ गराउनुका साथै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments