Thursday, February 20, 2025
Homeफिचरनेपाल ज्योतिष परिषद् कोशी प्रदेशको अध्यक्षमा बाबुराम निरौला सर्वसम्मत

नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको अध्यक्षमा बाबुराम निरौला सर्वसम्मत

विराटचोकः नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको अध्यक्षमा सुन्दरहरैंचाका बाबुराम निरौला सर्वसम्मत चयन हुनुभएको छ । यसअघि उहाँ प्रदेश परिषद्को उपाध्यक्ष पदमा हुनुुहुन्थ्यो । परिषद्को कोशी प्रदेश कार्यालय सुन्दरहरैंचामा भएको भेलाबाट निरौला अध्यक्षमा चयन हुनुभएको हो ।

कोशी प्रदेश अध्यक्ष विश्वप्रकाश लामिछाने केन्द्रीय महासचिव पदमा निर्वाचित भएपछि रिक्त रहेको सो पदमा वरिष्ठ उपाध्यक्ष सन्तोष पोखरेललाई यसअघि कार्यवाहक अध्यक्ष चयन गरिएको थियो । कार्यवाहक अध्यक्षले ६ महिनाभित्रमा चुनाव गराउनुपर्ने प्रावधानअनुसार कार्यसमितिलाई पूर्णता दिन आज भएको प्रदेशको कार्यसमितिको भेलामा निरौला अध्यक्षमा चयन हुनुभएको हो । परिषद्का केन्द्रीय महासचिवको संयोजकत्वमा बनेको निर्वाचन समितिले निरौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । हाल कार्यरत पोखरेलले नै निरौलालाई अध्यक्ष पदको उम्मेद्वारका रुपमा प्रस्ताव गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष निरौलाको अध्यक्षतामा आज बसेको पहिलो बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । अध्यक्ष निरौलाका अनुसार प्रमुख सल्लाहकारमा सन्तोष पोखरेललाई चयन गरिएको छ । शिक्षा तथा अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी पनि पोखरेललाई नै दिइएको छ ।

नवग्रह अनुसन्धान केन्द्र निर्माण गर्न भारतका अनुसन्धनात्मक संस्थाहरुले चासो देखाएको हुँदा उक्त कार्यका लागि प्रस्ताव पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेशका सबै जिल्लामा पालैपालो प्रदेश समितिको बैठक बस्ने निर्णय पनि गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments