Friday, December 5, 2025
Homeफिचरनेप्सेले सार्वजनिक गरेका मार्जिन कारोबारयोग्य कम्पनी घट्दो क्रममा

नेप्सेले सार्वजनिक गरेका मार्जिन कारोबारयोग्य कम्पनी घट्दो क्रममा

काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची पुनः सार्वजनिक गरेको छ । यसअघि ११२ वटा कम्पनी मार्जिन कारोबारका लागि योग्य भनी सार्वजनिक गरिएकोमा १० वटा घटेका छन् ।

मङ्गलबार सार्वजनिक सूची अनुसार १०२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीलाई मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ ।

पछिल्लो समय नेप्सेले सार्वजनिक गरेका कारोबारयोग्य कम्पनीको सूची घट्दो क्रममा रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments