विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन) मोरङले आयोजना गरेको जिल्लास्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमअन्तर्गतको जुनियर तहका विद्यार्थीको नृत्य प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिका वडा १० मा रहेको हिमालय इङ्ग्लिस स्कुल पहिलो भएको छ ।
“म मरे पनि मेरो देश बाँची रहोस्” बोलको गीतमा हिमालयका बालबालिकाले प्रस्तुत गरेको सामूहिक नृत्य पहिलो भएको हो । राष्ट्रिय तथा लोक नृत्य प्रतियोगितामा जिल्लाका दर्जनबढी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
हिमालय इङ्िलस स्कुलले जुनियरतर्फको अङ्ग्रेजी हस्तलेखनमा दोस्रो र नेपाली हस्तलेखनमा सान्त्वना स्थान हासिल गरेको छ ।