विराटचोकः वीणा फाउण्डेसनको आयोजनामा कोशी प्रदेशमा पहिलो पटक कोशी विचार उत्सव हुने भएको छ । सोही प्रकारको खुला संवाद कार्यक्रम पोखरा, बुटवल, जनकपुर र राजविराजमा भइसकेको आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
कोशी प्रदेशसँग सम्बन्धित भएका र राष्ट्रिय स्तरमा स्थापित प्रस्तोताहरुले सो कार्यक्रममा विधागत संवाद गर्ने बताइएको छ । विराटनगरको महेन्द्र चोकमा फागुन १५, १६ र १७ गते हुने कार्यक्रममा सर्वसाधारण, निजी क्षत्र र तिनै तहका सरकारबीच खुला संवाद हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिका साथमा कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन हुने आयोजकको विश्वास छ । स्थानीय, प्रादेशिक र राष्ट्रिय महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्न उत्सवको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष वरुण झाले बताउनुभयो । स्थानीय संयोजक जेनिसा सुमनका अनुसार शिक्षा, स्वास्थ्य, सुशासन र व्यवसाय व्यवस्थापन लगायतका नीति, संस्कृतिलगायतका विषयमा केन्द्रित रहेर कार्यक्रममा विचार मन्थन हुनेछ ।







