विराटचोकः आज नेपाली शेयर बजार १५ दशमलव ४० अंकले घटेर १ हजार ९४८.५७ को विन्दुमा बन्द भएको छ । नेप्सेमा सूचीकृतमध्ये ३ सय ३ कम्पनीका १ करोड ४६ लाख ८८ हजार ५ सय १७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
असार १७ गते ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । त्यसपछिको सबभन्दा धेरै रकमको कारोबार आज भएको हो । आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये उत्पादन तथा प्रशोधन, लघुवित्त, सामुहिक लगानी कोष र निर्जीवन बीमा समूहबाहेक सबै समूह राताम्य भएका छन् ।
आज सबैभन्दा बढी सामुहिक लगानी कोष २ दशमलव १६ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह १ दशमलव ३७ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त समूह ० दशमलव ४४ प्रतिशतले बढेको छ । विकास बैंक समूह सबैभन्दा बढी अर्थात् २ दशमलव ०९ प्रतिशतले घटेको छ ।
होटल तथा पर्यटन र लगानी समूह क्रमशः १ दशमलव ४२ र १ दशमलव ३५ प्रतिशतले घट्दा वित्त समूह १ दशमलव ३० प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयलको २५ करोड १५ लाख ६० हजार ६ सय ७ रुपैयाँको शेयर बिक्री भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।
आज बोटलर्स नेपाल (बालाजु), सामुदायिक लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी र हाथवे इन्भेष्टमेनन्ट कम्पनी र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ दशमलव १५ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव ८७ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ३० खर्ब ४ अर्ब ५० करोड ५३ लाख ८ हजार २ सय १९ रुपैयाँ कायम भएको छ ।