Tuesday, December 24, 2024
Homeअर्थशेयर२ वर्ष अघि पनि मंसिरमै बढेको थियो नेप्से ६ प्रतिशतले

२ वर्ष अघि पनि मंसिरमै बढेको थियो नेप्से ६ प्रतिशतले

विराटचोकः आज जम्मा १० मिनेट पनि शेयर कारोबार भएन । २ पटक सर्किट ब्रेक लगाउँदा पनि बजार लगातार बढेर ६ प्रतिशतले वृद्धि भएपछि लामो समय कारोबार हुन नपाएको हो ।

११ बजेर ५ मिनेट जाँदा बजार ४ प्रतिशतले बढेपछि २० मिनेटलाई लागेको सर्किट ब्रेक हटेपछि ११ बजेर २५ मिनेट जाँदा सुचारु भएको कारोबार २ मिनेटपछि फेरि बन्द भएको थियो ।

थप १ प्रतिशत बढेर ५ प्रतिशतको वृद्धि भएपछि ११ बजेर २७ मिनेट जाँदा ४० मिनेटको लागि रोकिएको कारोबार १२ बजेर ७ मिनेट जाँदा खुलेको थियो । तर त्यसको २ मिनेटमै फेरि १ प्रतिशत बढेर जम्मा ६ प्रतिशतले बजार बढेपछि आजको लागि कारोबार नै बन्द भएको थियो ।

२०७८ मंसिर ३० गते पनि बजार ६ प्रतिशतले बढेर नियमित कारोबारभन्दा अघि नै बन्द भएको थियो । सो दिन बजार १३७ अंकले बढेर २४१८.८५ विन्दुमा अडिएको थियो । त्यसपछि बजार ६ प्रतिशतले बढ्ने या घट्ने गरेको थिएन ।

शुक्रबार भएको मौद्रिक नीति समीक्षाले बैंक दर र नीतिगत दर घटाएपछि शेयर लगानीकर्ता उत्साहित भएका हुन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments