Tuesday, December 24, 2024
Homeअर्थशेयरनेप्सेमा लाग्यो पहिलो सर्किट, २० मिनेटलाई कारोबार स्थगित

नेप्सेमा लाग्यो पहिलो सर्किट, २० मिनेटलाई कारोबार स्थगित

विराटचोकः लामो समयपछि नेपाली शेयर बजारमा बजार खुल्नासाथ अप्रत्याशित रुपमा सूचक बढेपछि ब्रेकर लगाएर २० मिनेटलाई कारोबार बन्द गरिएको छ ।

शुक्रबार सार्वजनिक मौद्रिक नीतिपछि उत्साहित भएका लगानीकर्ताले खरीद चाप बढेपछि बजार खुलेको पाँचौँ मिनेटमा नै समग्र सूचक ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको हो ।

सूचक ५ प्रतिशत बढ्यो भने फेरि ३० मिनेटका लागि ब्रेक लाग्नेछ र ६ प्रतिशत बढ्यो भने आजको कारोबार नै बन्द हुनेछ ।

शेयरको भाउ अप्रत्याशित रुपमा घटबढ नहोस् भनेर नेप्सेले ४, ५ र ६ प्रतिशत बजार बढ्दा वा घट्दा सर्किट ब्रेकर लगाउने गर्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments