Friday, December 5, 2025
Homeखेलकुदसानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिव

सानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिव

काठमाडौंं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ मजबुत ढङ्गले अगाडि बढाउनु पर्ने बताएका छन् ।0
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सानको कार्यालयमा भएको बैठकमा सदस्य–सचिव घिसिङले राज्यका विभिन्न निकायसँग समन्वय गरी सानलाई वैज्ञानिक ढङ्गले अगाडि बढाउँदै मजबुत बनाउनुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा राखेपका पूर्व सदस्य–सचिव युवराज लामाले सानै उमेरदेखि बालबालिकालाई खेलकुदमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
सानका निर्देशक कृष्णप्रसाद तिम्सिनाले सानले विगतमा गरेको कार्यक्रमको जानकारी गराउनुका साथै भावी कार्यक्रम बारे पनि प्रकाश पारेका थिए ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments