Monday, December 23, 2024
Homeकला र साहित्यधरान म्युजिक फेस्ट सम्पन्न

धरान म्युजिक फेस्ट सम्पन्न

धरानः मंसीर १५ र १६ गते धरानको पब्लिक हाईस्कुलको खेल मैदानमा चलेको ‘गीता एभिएशन धरान म्युजिक फेस्ट २०८० ’ ले बढाएको छ । सिल्भर ईन्टरटेन्टमेन्टको आयोजनामा भएको सो फेस्टको पहिलो दिन मंसिर १५ गते युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्तीमुनि” र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहेको थियो ।

‘धोकेबाज हौ तिमी बोलको गीतबाट निकै नै चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानले सो गीतसँगै भाग्यमा खोट छ, तिम्रो मायाले बाँधेर राख, के माया लाग्छ लगायतका आफ्ना चर्चित गीतहरु गाएकी थिइन् ।

“पहेंलो बत्तीमुनि” को ब्याण्डले गौंथली, लोरी , बरी लै , म बाटो हिँड्ने लगायतका गीतहरु गाएर दर्शकहरुलाई मनोरंजन दिलाएका थिए । स्थानीय धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिएका थिए ।

मंसीर १६ शनिबार लोकप्रिय गायिका तथा भ्वाईस अफ नेपालकी कोच मिलन नेवारको प्रस्तुति निकै नै आकर्षक रह्यो । उनले सुनसान रातमा , इट्स स्लोली, गाला रातै , जनम जनम जिउला संगै ,फुलबुट्टे सारी लगायतका गीतहरु गाएर भरपुर मनोरंजन दिएकी थिइन् ।

पछिल्लो समय चर्चामा आइरहेका धरान १७ रेल्वेका प्रतिभावान गायक पूण राईको विशेष प्रस्तुतिले धराने युवा दर्शकहरुको मन जितेका थिए । उनले मनका कुरा, धुर्वतारा, नभेटेको भए लगायतका आफ्ना पुराना तथा नयाँ गीत प्रस्तुत गरेका थिए ।
सुन्दर साउण्ड सिस्टमका सुन्दर श्रेष्ठसँगै कालो कालो रात र गुराँसको फेद मुनिको गीतका संगीतकार तथा पुराना गायक नवराम राईलाई कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघा, गीतकार मिना सिंघक र सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले कदरपत्र , खादा तथा दश हजार रुपैयाँ प्रदान गरेका थिए । सुरेश राई तथा नबिना मङ्ग्रातीले कार्यक्रम सञ्चालन गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments