काठमाडौंः ३२ औं अपाङ्गता दिवसको अवसरमा नेत्रहीन क्रिकेट संघ, नेपालले आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बागमती काठमाडौले जित्न सफल भएको छ ।
बुधवार भएको फाइनलमा टस जितेर फिल्डिङ्ग रोजेको वागमतीले कास्कीलाई २० ओभरको निधारित खेलमा १ सय ५४ रनको योगफलमा रोकेको थियो । उक्त रन जोड्ने क्रममा कास्कीले ९ विकेट गुमाएको थियो ।
कास्कीका लागि सुनिल राना मगरले सर्वाधिक ५३ रन बनाएका थिए । वागमतीको लागि किरण चलाउनेले २, निश्चल शिवाकोटी, भूपराज पाठक र सुजन श्रेष्ठले १÷१ विकेट हात पारेका थिए । निर्धारित १ सय ५५ रनको लक्ष्य पछ्याउँदै वागमतीले १५ दशलमव ५ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । वागमतीका लागि भूपराज पाठकले सर्वाधिक ४१ रन बनाएका थिए भने कास्कीका युवराज भण्डारीले २ विकेट हात पारेका थिए । फाइनल खेलको प्लेयर अफ द म्याच वागमतीका भूपराज पाठक भएका थिए ।
मंसिर १७ देखि २० गतेसम्म मूलपानी क्रिकेट मैदानमा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, वागमती काठमाडौं तथा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली बीचमा भएको प्रतियोगितामाको समापन समारोहका प्रमुख अतिथि रास्वपाका सांसद हरि ढकाल रहेका थिए । उनले विजेता टिमलाई रु ३० हजार, शिल्ड तथा प्रमाणपत्र तथा उपविजेता कास्कीलाई रु १५ हजार, शिल्ड तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको प्लोयर अफ द सिरिज सुनिल रानामगर भएका थिए । नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले राज्यले समावेशी खेलकुदलाई पक्षपात गरेको अनुभव व्यक्त गर्दै आगामी दिन समावेशी खेलकुद तथा अपाङ्गता भएका खेलाडीहरुको उचित सम्मान हुनुपर्ने बताए ।