Tuesday, December 24, 2024
Homeअर्थशेयरनेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँड

नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँड

काठमाडौंः नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १२ लाख ७६ हजार ५ सय ५८ आवेदन परेकोमा ११ लाख ९१ हजार ९ सय ८८ आवेदन स्वीकृत भएका थिए ।

धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ १ लाख १४ हजार १ सय २५ आवेदकलाई १० कित्ताका दरले बेचिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments