Monday, December 23, 2024
Homeखेलकुदआइसीसी विश्वकप लिग २ मा नेपाल ३७ रनले अमेरिकासँग पराजित

आइसीसी विश्वकप लिग २ मा नेपाल ३७ रनले अमेरिकासँग पराजित

तस्बिरः नेपाल क्रिकेट एसोसिएसन

विराटचोकः अमेरिकाको डालसमा जारी नेपाल आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित भएको हो ।

ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल ४९ दशमलव ५ ओभरमै अलआउट भएको हो । नेपालका तर्फबाट ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।

टस जितेर बलिङ रोजेको नेपालका तर्फबाट गुल्शन झाले ३ विकेट, सोमपाल कामी र सन्दीप लामिछाने २, २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।

यसअघिको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अन्तिम खेल नेपालले भोलि स्कटल्यान्डसँग खेल्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments