विराटचोकः सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचा, मोरङले दोस्रो चरणको क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । शुक्रबार क्याम्पसले सो प्रमाणपत्र पाएको हो । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र क्युएए प्रमाणपत्र हो ।
यो प्रमाणपत्र प्राप्त गर्नु क्याम्पसको शैक्षिक गुणस्तर र व्यवस्थापकीय क्षमताको महत्वपूर्ण मापदण्ड मानिन्छ । एक पटक पाएको यो प्रमाणपत्रको अवधि ५ वर्षसम्म मान्य हुन्छ ।