Tuesday, December 24, 2024
Homeफिचरवाणिज्य बैंकहरुको खुद नाफामा साढे २१ प्रतिशतको वृद्धि

वाणिज्य बैंकहरुको खुद नाफामा साढे २१ प्रतिशतको वृद्धि

विराटचोकः चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ६३ प्रतिशतले बढेको छ ।

२० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैंकहरुले १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । केही बैंकहरुले खुद नाफा उच्च दरमा बढाएका छन् भने केही बैंकहरुको नाफामा गिरावट आएको छ ।

नबिल बैंकले सबैभन्दा धेरै २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव ९७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र प्रभु बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन् ।

सबैभन्दा कम नाफा भने एनआईसी एशिया बैंकको रहेको छ । बैंकले ११ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । गत आर्थिक वर्षको सो अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको यस्तो नाफा ८९ दशमलव ०६ प्रतिशत घटेको हो ।

सिद्धार्थ बैंकको नाफा वृद्धिदर सबैभन्दा बढी ७९१ दशमलव ४३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड २८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

७ वाणिज्य बैंकहरुको खुद नाफा भने घटेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, हिमालयन बैक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकको खुद नाफा समीक्षा अवधिमा घटेको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments