विराटचोकः लगातार तेस्रो दिन सुनको भाउले उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउले असोज २५ गते बनाएको उच्च मूल्यको नयाँ रेकर्ड भने तोडिएको छैन ।
हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड कायम हुँदा असोज ३० गतेको उच्च मूल्यको रेकर्ड तोडिएको थियो । हिजो चाँदीको भाउ भने स्थिर रहेको थियो ।