विराटचोकः आज फेरि अमेरिकी डलरको भाउले उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । आज अमेरिकी १ डलरको बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा र खरिददर १३४ रुपैयाँ २२ पैसा रहेको छ ।
यो हालसम्मकै उच्च विनिमय दर हो । यस अघि विजयादशमीको दिन असोज २६ गते डलरको उच्च मूल्यमा पुग्खदा १३४ रुपैयाँ ८० पैसा (बिक्रीदर) रहेको थियो ।
आज युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५० पैसा रहेको छ ।
सम्बन्धित समाचार