गोठगाउँः आज विजयादशमीको दिन अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८० पैसा र खरिददर १३४ रुपैयाँ २० पैसा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस अघि गत भदौ २१ गते डलरको उच्च मूल्य १३४ रुपैयाँ ६८ पैसा पुगेर उच्च मूल्यको कारोबारको रेकर्ड बनाएको थियो ।
आज युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३२ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रुपैयाँ १८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
यस्तो छ आजको लागि तोकिएको विभिन्न देशका मुद्राको विनिमय दरः