विराटचोकः भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँ, आन्तरिक हवाई ईन्धनमा प्रति लिटर ६ रुपैयाँले मूल्य घटाएको छ ।
अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ४५ डलरले घटेको छ ।
एलपीजी ग्यासमा प्रति सिलिन्डर २६९ रुपैयाँ ८० पैसा घाटा भए पनि सरकारले ग्यासको मूल्य भने यथावत् राखेको छ ।