Tuesday, December 24, 2024
Homeफिचरसुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सुन्दरहरैंचाको प्रथम साधारण सभा सम्पन्न

सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सुन्दरहरैंचाको प्रथम साधारण सभा सम्पन्न

सुन्दरपुरः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ र ६ का बासिन्दालाई स्वच्छ पानी उपलब्ध गराउने गरी सञ्चालित सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रथम साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नागेश पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले संस्था स्थापनादेखि हालसम्मको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो । संस्था २०६८ साल चैतमा स्थापना भए पनि २०७७ साल कात्तिक २ गते कार्यसमिति चयन भएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले खानेपानी आयोजना सञ्चालन गर्नका लागि सुन्दरहरैंचा ५ मा रहेको ज्योति माविले १० कठ्ठा जग्गा भाडामा लिएर संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ । सोही जग्गामा २ लाख २५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी खानेपानी आपूर्ति गरिएको जनाइएको छ ।

साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, निर्वाचन कार्यविधिलगायतका विषयमाथि छलफल गरी पारित गरेको थियो ।

संस्थाको नयाँ सञ्चालक समिति चयनका लागि असोज १५ गते निर्वाचन हुने भएको छ ।

संस्थाको कार्यक्षेत्र सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ र ६ रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments