विराटचोकः आजदेखि मौसम सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आइतबार ठूलो वर्षाको सम्भावना छैन ।
मनसुनी वायुसँगै भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव नेपालमा रहेको हुनाले केही स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भइरहेको र दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली भई कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।