विराटचोकः न्यादी हाइड्रोपावर लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको ‘लक इन’ अवधि आगामी कात्तिक ४ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले सर्वसाधारणलाई २०७८ कात्तिक ५ गते शेयर बाँडफाँड गरेको थियो । सो मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।
कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता संस्थापक शेयर, संस्थापक शेयरधनीका कर्मचारीहरुको नाममा ३ लाख कित्ता, १५ लाख कित्ता स्थानीयको शेयर र ४५ हजार कित्ता कर्मचारीको शेयर लक इन रहेको छ ।
सोही शेयरको लक इन अवधि कात्तिक ४ गते सकिने भएको हो ।