विराटचोकः शनिबार विज्ञप्ति जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको छ ।
बाढी पहिरोबाट विस्थापित भएकालाई आकस्मिक रूपमा शैक्षिक संस्थाका भवनमा व्यवस्थापन गर्नुपर्ने भएकाले यस्तो अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।
देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरूद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।