विराटचोकः विश्व पर्यटन दिवसका अवसरमा सरकारले तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा गरी पुरस्कृत गरेको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले तीन होमस्टेलाई वर्ष पर्यटन गाउँ घोषणा गरेको हो ।
संखुवासभाको सभापोखरी गाउँपालिका–३ त्रिवेणी बजारस्थित सभापोखरी सामुदायिक होमस्टे, धादिङको बेनीघाट रोलाङ गाउँपालिका–८ चैलिङ गाउँस्थित चैलिङ सामुदायिक होमस्टे र गुल्मीको चन्द्रकोट गाउँपालिका–४ स्थित टिमुरे सामुदायिक होमस्टे पुरस्कृत भएका हुन्् ।