Monday, December 23, 2024
Homeपर्यटनबन्न सकेन बाघझोडा– हसिना साइक्लिङ रुट (पर्यटन दिवस विशेष)

बन्न सकेन बाघझोडा– हसिना साइक्लिङ रुट (पर्यटन दिवस विशेष)

खेमचन्द्र अधिकारी 

विराटचोकः केही वर्ष पहिले सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको सम्भावना खोज्ने क्रममा सुन्दरहरैंचाको वडा नम्बर ५ को हसिना सिमसारदेखि वडा नम्बर १० को बाघझोडा सिमसारसम्म साइक्लिङ रुट बनाउने विषयले चर्चा पायो । तर केही समयमै चर्चा सेलायो ।

सुकुना सामुदायिक वनदेखि नमुना सामुदायिक वन क्षेत्रभित्र रहेका बाघझोडादेखि हसिना सिमसारसम्म आन्तरिक पर्यटन बढाउन साइक्लिङ मार्ग बनाउने चर्चा चले पनि त्यत्तिकै सेलाएको हो । सुन्दरहरैंचा साइकल राइडर्स समूहले यसको अगुवाइ गर्ने चर्चा शुरु हु्नासाथ अन्त्य पनि भयो ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन भू संरक्षण विभागले सामुदायिक वनमा पर्यापर्यटन प्रबद्र्धन कार्यविधि २०७५ जारी गरेर पर्यटनसँग जोडिएका सम्भावनालाई प्रबद्र्धन गरी अधिकतम आर्थिक लाभ लिने उल्लेख गरेको छ । जसका लागि वातावरण र जैविक विविधता संरक्षण गरी जलविहार, उद्यान÷पार्क, वन विहार अवलोकन, फोटो यात्रा, भिडियो छायाङ्कन जस्ता क्रियाकलाप सञ्चालन गर्ने नीति सरकारले लिएको छ । यसका लागि स्थानीय सरकारसँगको सहकार्यमा विकास गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ । सोही कार्यविधिभि रहेर नगरको पर्यटकीय विकास गर्न सक्ने देखिन्छ ।

प्रस्तावित सो मार्गमा रहेका वन्यजन्तु, पोखरी, ताल, खोला, खोल्सा, झाडी विभिन्न जातजातिका मठमन्दिर, गुम्बा, विश्वविद्यालयका साथै बस्तीहरु अवलोकन गर्न सकिने हुनाले सो मार्गमा साइक्लिङ गर्न उपयुक्त हुने देखिन्छ । यसका लागि आकर्षक काठबाट निर्मित साँघुरा बाटा, खोल्सीमा बाँस वा काठबाट निर्मित आकर्षक फड्के, घुम्ती बाटाहरु, उकाली, ओराली, माटोका ढिस्का, निर्माण गर्नुपर्ने हुन्छ । जसका लागि ठूलो रकम पनि चाहिँदैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments