विराटचोकः निरन्तरको झरीका कारण बाटो अवरुद्ध हुन सक्ने र रातको समयमा बाटोको अवस्था थाहा नहुने भन्दै सरकारले शुक्रबार र शनिबार राति बस नचलाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको सूचनालाई मध्यनजर गर्दै सो आग्रह गरेको हो ।
सो अवधिभर अत्यन्त जरूरी अवस्थामा बाहेक यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।