विराटचोकः बुधबार नेप्से परिसूचक १ दशमलव ९९ प्रतिशत अर्थात ४९ दशमलव १८ अंकले बढेर २ हजार ५१९ दशमलव ५७ विन्दुमा पुगे पनि कारोबार रकम भने घटेको छ । बुधबार ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँको मात्रै कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर ६९ हजार ४१८ पटक किनबेच भएको थियो । सामुहिक लगानी कोषबाहेक अन्य सबै समूहको सूचकमा हरियाली छाउँछदा फाइनान्स समूह सर्वाधिक ३ दशमलव ८० प्रतिशतले बढेको छ ।
बुधबार ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक १५ करोड ६४ लाख १७ हजार ७८७ रुपैयाँको शेयर किनबेच भएको छ । अरुण भ्याली हाइड्रो, सिईडिबि हाईड्रो, हिमालयन रि इन्स्योरेन्स र अपि पावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बुधबार विन नेपाल लघुवित्त, न्यादी हाईड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत र थ्रीस्टार हाईड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
हिमालयन हाईड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात ६ दशमलव ३६ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४० खर्ब ६ अर्ब ३२ करोड ८७ लाख ७८ हजार ५५४ रुपैयाँ कायम भएको छ ।