Tuesday, December 24, 2024
Homeफिचरआजदेखि मनसुन थप सक्रिय हुने, ५६ जिल्ला जोखिममा

आजदेखि मनसुन थप सक्रिय हुने, ५६ जिल्ला जोखिममा

विराटचोकः नेपालमा मनसुन थप सक्रिय भएपछि ५६ जिल्लामा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ‘रेड अलर्ट’ जारी गरेको छ ।

महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेको थियो । महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने मुगु र हुम्ला न्यून जोखिममा छन् ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा ठूलो पानी पर्ने अनुमान गरिएको हो । आज दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुन सक्ने सम्भावना छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने आशंका छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments