कर्जुनाः जितिया पर्वको अवसरमा सुन्दरहरैंचाको कर्जुनमा मंगलबार शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
ग्रामथान समाजद्वारा आयोजित कार्यक्रममा गाउँ, टोल, वडाहरुबाट थारु, राजधामी, दनुवार, चौधरी, समुदायका महिलाहरुको सहभागिता रहेको थियो । सुष्मा चौधरी दनुवारको अध्यक्षतामा र सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष बिसनलाल चौधरीको प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल तथा अतिथिहरुमा खवास समाज परिषद् नगर समिति अध्यक्ष सुरेशकुमार खवास, दनुवार जागरणका जिल्ला अध्यक्ष कारीचरण दनुवारलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि चौधरीले जितिया पर्व एकता र संस्कृतिका लागि महत्वपूर्ण रहेको बताउनुभयो । आफ्नो भेषभूषा, भाषा, संस्कृति र रहनसहनलाई संरक्षण गर्दै जानुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा आफ्नो पहिचान झल्काउने जातीय भेषभूषाका साथमा सांस्कृतिक कार्यक्रम साथै जितिया विशेष नाटक प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका अतिथिहरुले जितमाहान सूर्य भगवानको पूजा गरेका थिए ।