Monday, December 23, 2024
Homeपर्यटनआज विश्व पर्यटन दिवस

आज विश्व पर्यटन दिवस

विराटचोकः आज विश्व पर्यटन दिवस । हरेक वर्ष सेप्टेम्वर २७ का दिन यो दिवस मनाइन्छ । पर्यटन विश्वकै सबैभन्दा ठूलो उद्योग हो । नेपालमा पर्यटनको प्रचुर सम्भावना भए पनि अपेक्षाकृत लाभ लिन सकेको छैन ।

पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । संसारको छानो सगरमाथा भएको हाम्रो देशको मुख्य पर्यटकीय क्षेत्र भनेको नै सगरमाथालगायत हिमाली क्षेत्र हो । पर्यटकीय क्षेत्रमा आतिथ्य सत्करका लागि राम्रा होटलहरु हुन आवश्यक हुन्छ ।

मानव स्वभावले नै जिज्ञासु र घुमन्ते प्राणी हो । भ्रमण अनि अवलोकन नै नयाँ कुरा सिक्ने तरिका हुन् । समाजलाई चिन्ने आधारस्तम्भ पर्यटन हो ।
नयाँ ठाउँको भ्रमण र अवलोकन गर्दा सकारात्मक सोचको विकास हुन्छ । नयाँ कुरा बुझन, नयाँ ठाउ जान अनि सकेसम्म वढी ज्ञान र अनुभवहरु प्राप्त गर्न घुमफिर गर्नु आवश्यक छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments