Tuesday, December 24, 2024
Homeफिचरबाल दिवसको अवसरमा जागृत युवा समाजद्वारा विविध कार्यक्रम

बाल दिवसको अवसरमा जागृत युवा समाजद्वारा विविध कार्यक्रम

सुन्दरपुरः जागृत युवा समाजले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका साथै बालबालिकाहरुलाई विपद्सम्बन्धी अभिमुखीकरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनको प्रमुख आतिथ्यतामा वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा आवासका लागि सहयोग समूह लुमन्तीकी सुन्दरहरैंचा फिल्ड संयोजक लक्ष्मी राई, नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचाका सचिव बाबुराम निरौला, समावेशी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गीता राईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तातो आलु खेल्ने, कुर्सी घुमाइ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएका थिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीलाई पुरस्कृत गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचाका सचिव निरौलाले नेपालका प्रमुख विपद्को रुपमा रहेको भूकम्पको बारेमा जानकारी दिँदै भूकम्पबाट बच्न गर्नुपर्ने उपायको बारेमा उपस्थित बालबालिकालाई आधारभूत ज्ञान प्रदान गर्नुभएको थियो ।

समाजकी अध्यक्ष सुमित्रा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्रिस्टिना तामाङले गर्नुभएको थियो भने कार्यक्रमको औचित्यको बारेमा विकास ठाकुरले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमअन्तर्गत भएको कुर्सी घुमाइ प्रतियोगितामा अनिष चौधरी, सञ्जय राई र वर्षा ऋषिदेव क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको थियो ।

त्यस्तै, तातो आलु खेल प्रतियोगितामा कुमार ऋषिदेव, सविता उराँव र आर्व उराँव क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको थियो ।

चित्रकला प्रतियोगितामा सञ्जय राई, सम्पन्न धिमाल र वर्षा ऋषिदेव क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments