Tuesday, December 24, 2024
Homeफिचर५० भन्दा बढी अंक घटेको बजारमा १० अर्ब ३३ करोड रुपैयाँको शेयर...

५० भन्दा बढी अंक घटेको बजारमा १० अर्ब ३३ करोड रुपैयाँको शेयर कारोबार

विराटचोकः उतारचढावका बीच आज ५० दशमलव ७३ अर्थात् १ दशमलव ८८ अंक घटेर शेयर बजार मापक परिसूचक नेप्से २६३७ दशमलव ७९ बिन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स ७.८१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८३ अंक घटेको छ ।

नेप्से घटे पनि अघिल्लो कारोबारभन्दा आज २ करोडभन्दा बढीले कारोबार रकम बढेको छ । आज ३२४ कम्पनीको १ लाख १९ हजार ७३९ पटकको कारोबारमा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर किनबेच भएको छ ।

बजार घटे पनि रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । उता, थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य भने १० प्रतिशतले घट्दा सिइडीबी हाइड्रो र ग्रीन लाइफ हाइड्रोको शेयरमूल्य पनि धेरै घटेको छ ।

कारोबार रकमका आधारमा आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६४ करोड ३८ लाख ६६ हजार ७८० रुपैयाँको शेयर किनबेच भएको छ । सिइडीबी हाइड्रोले लाभांश घोषणा गर्नुका साथै १० प्रतिशतले शेयरमूल्य घटेपछि उच्च कारोबार भएको छ ।

सबै उपसमूहको परिसूचक घट्दा होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ६३ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक साढे ३ प्रतिशत घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४१ ख्र्ब ९४ अर्ब ३० करोड ८६ लाख २७ हजार ११० रुपैयाँमा सीमित भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments