Tuesday, December 24, 2024
Homeफिचरशी लिड्स आइकनमा २७ महिला जनप्रतिनिधि छनोट, कोशी प्रदेशबाट ४ जना

शी लिड्स आइकनमा २७ महिला जनप्रतिनिधि छनोट, कोशी प्रदेशबाट ४ जना

विराटचोकः शी लिड्स आइकनका लागि देशभरका पालिकाका प्रमुख र उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छनोट हुनुभएको छ । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जनाको छनोट भएको हो ।

महिला जनप्रतिनिधिको काम र योगदानका आधारमा कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरु छनोट हुनुभएको हो ।

आयोजक संस्था कल्प इम्पावर वुमनका अनुसार महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, जवाफदेहिता लगायतका विषयमा मूल्याङ्कन गरी शी लिड्स उपाधी प्रदान गरिनेछ । प्रतियोगिताको निर्णायक मण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जोशी श्रेष्ठ रहेका छन् ।

१२८ जनाबाट छानिएका २७ महिला जनप्रतिनिधिहरुमा २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा उत्कृृष्ट तीन जनालाई विजेता घोषणा गरिने भएको छ ।

यी हुन् सि लिड्समा छानिएका जनप्रतिनिधिहरुः

कोशी प्रदेश

१. गीतादेवी तिम्सिना गौतम, उपाध्यक्ष, मेन्छयायेम गाउँपालिका, तेह्रथुम

२. मीनाकुमारी खतिवडा पौडेल, उपप्रमुख, उर्लाबारी नगरपालिका

३. आशा शिवाकोटी, उपप्रमुख, कनकाई नगरपालिका, झापा

४. रेगीना भट्टराई प्रसाई, उपप्रमुख, दमक नगरपालिका, झापा

मधेस प्रदेश
१ं. ममता महतो, उपाध्यक्ष, पटेर्वा सुगौली गाउँपालिका, पर्सा

२. फुलकुमारी सिंह, उपाध्यक्ष, बटेश्वर गाउँपालिका, धनुषा

बागमती प्रदेश
१ं सविता अर्याल, उपाध्यक्ष, सिद्धलेक गाउँपालिका, धादिङ

२ं. बालकुमारी कार्की थापा, उपप्रमुख, रामेछाप नगरपालिका, रामेछाप

३. तारा राना तिमल्सिना, उपाध्यक्ष, बेथानचोक गाउँपालिका, काभ्रेपलाञ्चोक

४. विमला सापकोटा दाहाल, उपप्रमुख, बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक

गण्डकी प्रदेश
१. गण्डकी थापा अधिकारी, अध्यक्ष, बडिगाड गाउँपालिका, बागलुङ

२. दिवाकुमारी तिलिजा पुन, उपाध्यक्ष, अन्नपूर्ण गाउँपालिका, म्याग्दी

३. रीता देवकोटा, उपाध्यक्ष, सिरानचोक गाउँपालिका, गोरखा

लुम्बिनी प्रदेश
१. सरस्वती दर्लामी चिदी, अध्यक्ष, बगनासकाली गाउँपालिका, पाल्पा

२. विमला अर्याल, प्रमुख, सुनवल नगरपालिका, नवलपरासी

३. भुपेन्द्रा बुढा, उपाध्यक्ष, पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूव

४. सीता गिरी, उपाध्यक्ष, धुर्कोट गाउँपालिका, गुल्मी

५.सरिता खड्का, उपाध्यक्ष, मदाने गाउँपालिका, गुल्मी

६. सावित्रादेवी अर्याल, उपप्रमुख बुटवल उपमहानगरपालिका, रुपन्देही

७. गीता आचार्य, उपप्रमुख, रोल्पा नगरपालिका, रोल्पा

कर्णाली प्रदेश
१. अल्किना बम, उपाध्यक्ष पचालझरना गाउँपालिका, कालिकोट

२. सनसिल्ता वली डिसी, उपाध्यक्ष, कालिमाटी गाउँपालिका, सल्यान

३. तप्ता थापा, उपप्रमुख, नारायण नगरपालिका, दैलेख

४. मञ्जुकुमारी शर्मा पाण्डे, उपाध्यक्ष, महाबु गाउँपालिका, दैलेख

सुदूर पश्चिम प्रदेश
१. विमलाकुमारी शाही, उपाध्यक्ष, तुर्माखाँद गाउँपालिका, अछाम

२. सीता थापा, उपाध्यक्ष, गौमुल गाउँपालिका, बाजुरा

३. धाना धामी, उपाध्यक्ष, सिगास गाउँपालिका, बैतडी

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments