विराटचोकः आज नेप्से परिसूचक २ दशमलव ९९ प्रतिशत अर्थात् ७८ दशलमव १७ अंकले बढेर २ हजार ६८८ दशमलव ३८ विन्दुमा अडिएको छ । ३१८ वटा कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर १ लाख ३ हजार ४६२ पटक किनबेच हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये सामुहिक लगानी कोषबाहेक सबै समूहको सूचक बढ्दा जलविद्युत समूह सर्वाधिक ४ दशमलव २४ प्रतिशतले बढेको छ । सामुहिक लगानी कोष ० दशमलव ०९ प्रतिशतले घटेको छ ।
आज सिईडिबि हाईड्रोको सर्वाधिक ४७ करोड ६५ लाख ८ हजार ९० रुपैयाँको शेयर किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपि पावर र हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट एण्ड कम्पनीको संस्थापक शेयर उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।
आज ७ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ भने एउटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । विन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इष्टर्न हाईड्रोपावर, रावा इनर्जी, एशियन हाईड्रोपावर, सिंगटी हाईड्रो, इमजिङ नेपाल, मायाखोला हाईड्रोपावर र मकर जितुमाया सुरीको उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् । आज थ्रीस्टार हाईड्रोको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब ७४ अर्ब ९७ करोड ७५ लाख ८९ हजार २२० रुपैयाँ कायम भएको छ ।