विराटचोकः आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदैछ । बाल दिवस मनाइन थालेको इतिहास हेर्दा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमणका क्रममा भारतमा महात्मा गान्धीको जन्म दिनमा बाल दिवस मनाएको देखेपछि आफ्नो जन्म दिन भदौ ४ मा राष्ट्रिय बाल दिवस मनाउन शुरु गरिएको थियो । वि.सं २०२१ मा नेपाल बाल सङ्गठन स्थापना गरी नेपालमा पहिलो पटक राष्ट्रिय बाल दिवस मनाइएको थियो ।
लोकतन्त्रको स्थापनापछि २०६३ सालदेखि भने भदौ २९ गते बाल दिवस मनाउन थालिएको हो । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय बाल दिवस भने नोभेम्बर २० तारिखमा मनाइन्छ ।