विराटचोकः बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको लक इन अवधि असोज २१ गते सकिने भएको छ ।
कम्पनीको संस्थापक शेयर, स्थानीय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको शेयरको लक इन अवधि हुन सकिन लागेको हो । कम्पनीको २८ लाख कित्ता संस्थापक, स्थानीय बासिन्दाका लागि जारी गरिएको ४ लाख कित्ता तथा कर्मचारीका लागि सुरक्षित गरिएको १६ हजार कित्ता शेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीले ती समूहका लागि २०७८ असोज २२ गते बाँडफाँड गरेको थियो । धितोपत्र बाँडफाँड नियमावलीअनुसार ती शेयरको लक इन तीन वर्षपछि समाप्त हुने भएको हो ।