विराटनगरः मोरङको सुन्दरहरैँचा–७ मा शनिबार मृत अवस्थामा भेटिएका दुई बालिकाहरूको उनीहरुकै आमा अस्मिता कार्कीले नै विष खुवाएर हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
श्रीमान् अर्जुनका अनुसार छोरीहरुसहित अस्मिता बेपत्ता भएकी थिइन् । भोलिपल्ट दुई छोरीको शव केराबारीमा भेटिए पनि अस्मिता फेला पर्न सकेकी थिइनन् । अस्मिताले पहिले छोरीहरूलाई विष खुवाएको र पछि आफूले पनि विष सेवन गरेको बयान प्रहरीलाई दिएकी छिन् ।
श्रीमान्ले आफूलाई मानसिक यातना दिएको बयान पनि उनले दिएकी छिन् । उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
सुन्दरहरैंचामा एकै घरका ३ वर्षीया र डेढ वर्षीया बालिका मृत अवस्थामा केराबारीमा फेला