विराटचोकः सोमबार १२७ अंकले बढेको बजार मंगलबार भने ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेको छ । कारोबार रकम पनि अघिल्लो दिनको भन्दा ४७ करोड रुपैयाँ बढेको छ ।
आज बजार २८०० देखि २८६० को बिन्दुमा नै बारम्बार तलमाथि गरिरह्यो ।
आज ३२८ कम्पनीको १ लाख ४४ हजार १९७ पटकको कारोबारमा ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २८९ रुपैयाँको शेयर किनबेच भएको छ । १२ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्दा ५ वटा उपसमूह बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूह ४ दशमलव ७८ प्रतिशतले बढेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ९४ अर्ब ९४ करोड १५ लाख ७४ हजार २३७ रुपैयाँ कायम भएको छ ।