विराटचोकः अबदेखि कोशी प्रदेशमा ट्रायल पास गर्नेबित्तिकै अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिइने भएको छ । यसरी वितरण गरिने अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुने बताइएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार अब नयाँ ट्रायल पास गर्नेहरुलाई अस्थायी कार्ड दिइनेछ । यसअघि ट्रायल पास भएको कागज वितरण गरिन्थ्यो । यस्तो कार्ड वितरणको परीक्षण यातायात कार्यालय विराटनगरबाट सुरु भएको छ ।