काठमाडौंः साहस उर्जा लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको शेयरको ‘लक इन’ अवधि असोज १६ गते सकिने भएको छ । त्यसपछि ती शेयर दोस्रो बजारमा बिक्री गर्न मिल्नेछ ।
सो कम्पनीले सर्वसाधारणलाई २०७८ असोज १७ गते शेयर बाँडफाँड गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा रहेको हो । २ करोड ४५ लाख कित्ता संस्थापक शेयर, ३५ लाख कित्ता स्थानीयबासीको शेयर र २ लाख १० हजार कित्ता कर्मचारीको शेयर लक इनमा रहेको कम्पनीले जनाएको छ ।