Tuesday, December 24, 2024
Homeफिचरनेप्से र कारोबार दुवै घटेको बजारमा सामुहिक लगानी कोषबाहेक अरु समूह राताम्य

नेप्से र कारोबार दुवै घटेको बजारमा सामुहिक लगानी कोषबाहेक अरु समूह राताम्य

विराटचोकः बिहीबार नेप्से परिसूचक १ दशमलव ३२ प्रतिशत अर्थात् ३६ दशमलव ८३ अङ्कले घटेर २ हजार ७४९ दशमलव ५७ विन्दुमा अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६७ प्रतिशतले घटेर ४८९ दशमलव ७९ विन्दुमा अडिएको छ । सामुहिक लगानी कोषबाहेक सबै समूहमा रातो पोतिएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर १ लाख ४६ हजार २०४ पटक किनबेच हुँदा १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३६५ रुपैयाँको शेयर कारोबार भएको छ । सामुहिक लगानी कोष ० दशमलव १० प्रतिशतले बढेको दिन बिहीबार जीवन बीमा समूह सबैभन्दा धेरै २ दशमलव ०९ प्रतिशतले घटेको छ

बिहीबार गुडविल फाइनान्सको सर्वाधिक ३७ करोड ६५ लाख ५९ हजार ७११ रुपैयाँको शेयर किनबेच भएको छ । अपि पावर कम्पनीको ३६ करोड ६४ लाख, हिमालयन रि इन्स्योरेन्सको ३५ करोड ५६ लाख, नेपाल फाइनान्सको ३४ करोड ३ लाख र राधी विद्युतको ३१ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटे पनि रसुवागढी हाईड्रो र कुथेली बुखरी स्मल हाइड्रोको शेयरमूल्य १० प्रतिशत बढेको छ । मिड सोलु हाईड्रोको ८ दशमलव ४८ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ७ दशमलव ८९ प्रतिशत, पिपुल्स पावरको ७.६२ प्रतिशत शेयरमूल्य बढेको छ ।

थ्रीस्टार हाईड्रोको शेयरमूल्यमा १० प्रतिशतले घट्दा । विन नेपाल लघुवित्त, एनआराएन इन्फ्रास्ट्रक्चर, तारागाउँ रिजेन्सी र नाडेप लघुवित्त उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख ५५ हजार १८५ रुपैयाँ र फ्लोट बजार पूँजीकरण १५ खर्ब ४० अर्ब ४ करोड ६६ लाख ६८ हजार ७०७ रुपैयाँ निर्धारण भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments