Tuesday, December 24, 2024
Homeफिचरने वि संघ र स्ववियुको पहलमा पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका १७ जना विद्यार्थीलाई...

ने वि संघ र स्ववियुको पहलमा पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका १७ जना विद्यार्थीलाई ‘पेड इन्टर्नसीप’

धरानः नेपाल विद्यार्थी संघ र पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको स्ववियुको पहलमा पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका १७ जना विद्यार्थीलाई ‘पेड इन्टर्नसीप’ गराउने सम्झौता भएको छ ।

विभिन्न ७ कम्पनीमा न्यूनतम १५ हजार पारिश्रमिकमा इन्टर्नसीप गराउने सहमति भएको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनुभएको छ । विद्यार्थीले रामेछाप शेर्पा कन्स्ट्रक्सन, सप्तभूमि एग्रो रिसर्च, भिमेश्वर ग्रुप, टह्री बिल्डर्स, बस्नेत बिल्डर्स, रुपालाकी कन्स्ट्रक्सन र सिद्धान्त कन्स्ट्रक्सनमा काम गर्दा पारिश्रमिक पाउने भएका हुन् ।

बुधबार भएको सम्झौताले विद्यार्थीको सीप विकासको बलियो आधार निर्माणमा सहयोग पुग्ने बताइएको छ ।

नेविसंघले यसअघि पुलचोक इन्जिनियरिङ क्याम्पस र सामाजिक कार्य केन्द्रीय विभाग अध्ययनरत विद्यार्थीहरुको लागि पनि विभिन्न संघसंस्था तथा निर्माण कम्पनीहरुसँग यस्ता सम्झौता गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments