काठमाडौंः चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले शेयर बजारबाट ४ अर्ब २४ करोड रुपैयाँ राजस्व उठाएको छ । गत आर्थिक वर्षमा सरकारले पूँजी बजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
आर्थिक वर्ष २०७९\८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको थियो ।
आर्थिक वर्ष २०७८\७९ मा १० अर्ब ३५ करोड र आर्थिक वर्ष २०७७\७८ मा १५ अर्ब भन्दा बढी राजस्व सरकारले सङ्कलन गरेको थियो ।